२०८१ भाद्र २४ सोमबार

थाहा पाउनुहोस् तपाईंको राशिफल

  • admin २०७८ पौष २० मङ्गलबार

काठमाडौं, २० पुस

आजको पात्रो स् २० पुस, २०७८ मंगलबार । तदनुसार ४, जनवरी २०२२ । पौषशुक्लपक्ष द्धितीया तिथि, उत्तराषाढा नक्षत्र, हर्षण योग, बालव करण चन्द्रमा मकर राशिमा छ । आज सूर्योदय बिहान ६:५७ मा हुनेछ भने बेलुका ५:२० मा सूर्यास्त हुनेछ ।

आज दिउँसो २:४६ देखि ४:०४को समय राहुकालको हो भने ११:४८ देखि १२:२९ सम्म अभिजित मुहर्त रहेको छ । आजको देवता भग र ग्रहदेव सूर्य रहेको छ । मंगलबार गणेश भगवानको आरधना र हनुमान चालिसा पाठपारायण गर्ने दिन हो ।

भनिन्छ, मंगलबार गरेको काम शुभ हुन्छ । त्यसैले त कुनै पनि काम मंगलबार गर्दा राम्रो हुन्छ भन्ने बारलाई मान्यता दिने पनि गरिन्छ । सनातन परम्परामा कुनैपनि कामको शुरुवात गर्नुभन्दा पहिले गणेशलाई प्राथना र अनुरोध गर्ने चलन पनि रहेको छ ।

आजको राशिफल

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ) : मंगलबार नयाँ कामको शुरुवात गर्न सकिनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । विलासिताको सामान खरिद र यात्रामा जाँदा अर्थहानी हुने सम्भावना रहन्छ ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो) : अध्ययनअध्यापनमा समय दिनुभयो भने मनमा चिन्ता हटने छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायीभन्दा यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सामाजिक सेवा र अध्यात्म सेवाको काममा मन लगाउनु होला । बालक, बृद्धलाई भोजन र बस्त्र दान गर्नुभयो भने तपाईको मन खुसी हुनेछ ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह) : आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु ठीक होला ।व्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईलाई निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो) : तपाईँका लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । अर्थकारोबार गर्दा विचार गर्नुहोला । कसैलाई दिनुभएको सापटी रकम समेत तपाईले पाउनुहुनेछ । कसैमाथि नकारात्मक सोचर काम नगर्नुहोला ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे) : आजको दिन तपाईंले घरपरिवार र मित्रसँग अनावश्यक विवाद हुनसक्छ त्यसैले सिंह राशिका जातकले विचार गर्नुहोस् । लामो दूरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ ।

कन्या  (टो।प।पी।पू।ष।ण।ठ पे।पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मानसमेत मिल्नेछ । तपाईंले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईंले केही कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते) : आजको दिन त्यति समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईंले सोचअनुसार काम नहुँदा तपाईको मनमा अनेक प्रश्न उठनसक्छन् ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु) : व्यापारबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईंको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे) : तपाईंले गरिरहनु भएको कामबाट आजको दिन सफलता मिल्नेछ । तपाईंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने संभावना कम हुन्छ । व्यापारमा गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मकर ( भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)  : आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको प्रभाव तपाईंले जे सोचेर काम गर्नुहुन्छ सफल हुनेछ । तपाईंले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द) : समय गणना अनुसार आजको दिन अनुकुल देखिदैन, नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईंले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईंले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मंगलबार दिन लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, बस्त्र खरिद, दान तथा शिवालय र देवालयमा गएर भोकालाई खानेकुरा खान दिनुभयो भने तपाईंको उन्नती र प्रगति हुँदै जानेछ । सिर्जनात्मक कार्यमा सहभागी हुँदा नयाँ उत्साह थपिने छ ।