२०८१ असार २ शनिवार

कांग्रेस जिल्ला अधिवेशन फेरि सर्‍यो, राष्ट्रिय सभा निर्वाचनपछि १५ माघमा हुने

  • २०७८ पौष २१ बुधबार

काठमाडौं, २१ पुस

नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशनको मिति सरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बुधबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई कारण देखाउँदै २७ पुसमा तय भएको अधिवेशनको मिति सारेको हो । नयाँ निर्णयअनुसार अब १५ माघका लागि अधिवेशनको मिति तोकिएको छ ।

यसअघि २७ पुसमा बाँकी रहेका १६ जिल्लाको अधिवेशन तोकिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेस जिल्ला अधिवेशन गर्न बाँकी छ । केहीमा क्रियाशील विवाद र केहीमा जिल्ला नेताहरूबीच इगोकै कारण १४औं महाधिवेशनअघि ती जिल्लामा अधिवेशन हुन सकेको थिएन ।

राष्ट्रिय सभा निर्वाचनअघि जिल्ला अधिवेशन गर्न आन्तरिक तुष बाँकी रहने र त्यसले असर गर्ने अनुमान गर्दै कांग्रेसकै निर्देशनमा निर्वाचन समितिले जिल्ला अधिवेशनको मिति सारेको स्रोतले बतायो ।