काठमाडौं, २२ पुस
२२, पुस २०७८ । ६, जनवरी २०२२ बिहीबार । पौषशुक्लपक्ष चर्तुथी तिथि, धनिष्ठा नक्षत्र, सिद्धि योग, विष्टि करण, चन्द्रमा कुभ्म राशिमा छ । आज सूर्योदय बिहान ६ बजेर ५७ मिनेटमा भएको छ भने सूर्यास्त १७:२२ मा हुनेछ।
आज दिउसो १:२८देखि २:४७ सम्मको समय राहुकाल रहेको छ । ११:४९ देखि १२:३० सम्मको समय अभिजित मुहूर्त रहेको छ । राहुकालको समयमा शुभ कर्म नगर्दा राम्रो हुन्छ ।
बिहीबारका दिन अध्ययन, अनुसन्धान, कुनै अध्यात्मक्षेत्रको यात्राका लागि शुभ मानिन्छ । आजको देवता श्री गणेश हो भने ग्रहदेव मंगल छ । आजदेखि पञ्चक पनि शुरु भएको छ । पञ्चकको पाँचदिन शुभ कर्मका लागि राम्रो मानिदैन । हिजोदेखि शुक्रअस्तसमेत भएकाले नैमित्य कर्मबाहेक काम्य कर्म गरिदैन । आगामी २७ पुसमा शुक्र पूर्वमा उदय भएपछि शुभकर्मका लागि बाटो खुल्नेछ ।
मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ) : सामाजिक सेवाको कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।
वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो) : तपाईंलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । देवालयको यात्राले मन हर्षित हुनेछ ।
मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह) : धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।
कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो) : कर्कट राशिका जातकका लागि तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।
सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे) : सूर्योदयको दर्शन गर्नुहोला । तपाईंलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईंका लागि शुभ हुनसक्छ ।
कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो) : तपाईंको लागि यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।
तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते) : मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम सुरु गर्दा शुभ हुन्छ ।
वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु) : सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।
धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे) : आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।
मकर ( भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी) : आजको दिन तपाईंले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । धेरै खुसी र दु:खी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।
कुम्भ ( गु।गे।गो।सा।सी।सु।से।सो।द) : मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।
मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची) : बिहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थका लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।
तपाइँको प्रतिक्रीया