२०८१ असार ४ सोमबार

एएफसी फुटसल : नेपाल बलियो समूहमा

  • २०७८ पौष २२ बिहीबार

काठमाडौं, २२ पुस

नेपालले सहभागीता जनाउने एएफसी फुटसल एसिया कप छनोटको तालिका सार्वजनिक भएको छ । बिहीबार भएको ‘ड्र’ मा नेपाल उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै समूह ‘बी’मा छ ।

नेपाल तुलनात्मक रुपमा बलियो समूहमा परेको हो । र्किगिस्तानमा हुने छनोट खल नेपालले १० देखि १२ अप्रिलमा खेल्नेछ । छनोटको तयारीका लागि राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।

प्रशिक्षक बस्नेतले २ देखि २२ असोजसम्म पोखरामा सम्पन्न राष्ट्रिय फुटसल ‘ए’डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन् । टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि काठमाडौंमा सुरू हुनेछ । टोलीले प्रारम्भिक छनोट पूरा भएपछि पोखरामा प्रशिक्षण गर्नेछ ।

यी हुन् ३२ खेलाडी–
गोलरक्षक: अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिव तामाङ, सुमितकुमार आले
फिक्सो: अरुज सिंह, विजय श्रेष्ठ, विकु तामाङ, सरोज तामाङ
पिभोट: अविनाश तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ
आला: आदिल हमिद, अमित लामा, जेनिश प्रजापति, किरन चौधरी, कृजल खड्का, मनीकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्कन शेर्पा