काठमाडौं, २४ पुस
२४ पुस, शनिबार, । तद्नुसार ८, जनवरी २०२२ । पौष शुक्लपक्ष षष्ठी तिथि, तैतिल करण, उत्तरभाद्रपद नक्षत्र, वरियान योग, चन्द्रमा मीन राशिमा छ ।
आज सूर्योदय बिहान ६:५८ मा भएको छ भने सूर्यास्त १७:२३ मा हुनेछ । आजको देवता कुवेर र ग्रहदेव बृहस्पति छन् । आज बिहान ९:३४ बाट राहुकाल शुरु हुनेछ भने १०:५२ सम्म रहने छ । अभिजित मुहुर्त ११:५० देखि १२:३१ सम्म रहने छ । शनिवारको दिन बिहान पिपलको वृक्षमा जल अर्पण गर्ने, शिवालयको दर्शनले व्यक्तिमा उर्जा थपिने छ ।
विशेषगरी शनिवारको दिन नयाँ कामको शुरुवात गरिँदैन । शनि ग्रह व्यक्तिको जीवनमा दु:ख कष्ट दिने मानिन्छ । त्यसैले शनिवारको दिन ध्यान, साधनामा समय बिताउनु उत्तम हुनेछ ।
आजको राशिफल
मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ): व्यापारव्यवसायबाट अर्थ लाभ नहुनसक्छ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईंको कार्ययोजना सफल हुनेछन् । छोटो यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । मध्यान्हभन्दा पहिले नै यात्रा सुरु गर्नुहोला ।
वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो) : आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ । तपाईंको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन बिहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य सुरु गर्दा तपाईंको भलो हुनेछ ।
मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकका लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ ।
कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो) : पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिबार आफ्नो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।
सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे) : आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईंलाई आर्थिक लाभ समेत हुनसक्नेछ । मानसम्मान मिल्नेछ ।
कन्या ( टो।प।पी।पू।ष।ण।ठ पे।पो) : तपाईंका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ ।
तुला ( रा।री।रु।रे।रो।ता।ती।तु।ते) :आजको दिन हुने तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला ।
वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु) : यात्राको अवसर र नयाँ कामको सम्भावना बढ्ने छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने सम्भावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।
धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे) : आजको दिन आकस्मिक धनलाभ हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईंलाई आजको दिन मानसम्मानसमेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला ।
मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी) : आजको दिन सरस्वतीको आरधनाले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दु:खका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईंका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ ।
कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द) : तपाईंलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कन्यालाई भोजन दिनुहोला ।
मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची) : अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुनेछ । चन्द्रमाको साथ रहेको छ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईंको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला ।
तपाइँको प्रतिक्रीया