ठमाडौं– यही माघ ७ गते हुने नेपाल ईन्जिनियर्स एसोसिएसनको आसन्न ३३ औं कार्यकारिणी समिति, प्रदेश कार्यकारिणी समिति तथा नेपाल ईन्जिनियरिङ्ग परिषद सदस्यहरुको निर्वाचनको पूर्व सन्ध्यामा केन्द्रमा ई.दिलिप कुमार झा र वागमती प्रदेशमा ई. जीवन कुमार श्रेष्ठ ज्यू को समुहलाई बिजय सुनिश्चितता गराउने उद्देष्यका साथ लोकतान्त्रिक समुहले पौष २३ गते काठमाडौंमा युवा ईन्जिनियरहरुको भेलाको आयोजना गरेको थियो ।
उक्त भेलामा नेपाल ईन्जिनियर एशोसिएसनका पूर्व अध्यक्षहरु प्रा. डा.ई. जीव राज पोख्रेल , ई. किशोर शाक्य , ई. ध्रुब राज थापा , ई. हरिओम श्रेबस्ताव , ई.हरेराम श्रेष्ठ , महासचिब ई. अनुराधा शर्मा, उपाध्यक्षहरु ई. अरविन्द गुप्त , ई.उमा शंकर साह र नेपाल ईन्जिनियरिङ्ग परिषदका पूर्व अध्यक्ष ई. सत्य नारायण साह तथा नेपाल ईन्जिनियर्स एसोसिएसनका पुर्ब पदाधिकारी र वर्तमान पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरूको उलेखनिय सहभागिता रहेको थियो ।
सो भेलाको मुख्य उद्देष्य भोलीका दिनमा ईन्जिनियरहरुको पेशागत हकहितको संरक्षण गर्ने, नव आगन्तुक ईन्जिनियरहरुलाई इन्टर्नशीपको व्यवस्था गर्ने,वेरोजगार इन्जिनियरहरुलाई रोजगारीको अवसर जुटाइदिने तथा ईन्जिनियरहरुको वीमा तथा स्वास्थय वीमा पनि निर्धारण गर्ने जस्ता प्रतिवद्धता जाहेर गरेका थिए । भेलालाई सम्बोधन गर्दै नेपाल ईन्जिनियर एशोसिएसनका पूर्व अध्यक्षहरु प्रा. डा.ई. जीव राज पोख्रेल , ई. किशोर शाक्य , ई. ध्रुब राज थापा , ई. हरिओम श्रेबस्ताव , ई. हरेराम श्रेष्ठ ज्यूले आफ्नो समर्थन लोकतान्त्रिक ईन्जिनियर्स समुहलाई रहेको र सम्पूर्ण लाई ने ई को केन्द्रमा ई. दिलिप झाले नेतृत्व गरेको समूह र वागमती प्रदेशमा ई. जीवन कुमार श्रेष्ठले नेतृत्व गरेको समुहलाई अत्याधिक मतदान गरि बिजय गराउन आवाहान समेत गरेका छन् ।
तपाइँको प्रतिक्रीया