२०८१ असार ६ बुधबार

इन्जिनियर्स एसोसिएसनको निर्बाचनमा सह–कोषाध्यक्ष : ई. संजय कुमार महतोको उमेदवारी

  • admin २०७८ पौष २४ शनिवार

यही माघ ७ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न ३३ औं अधिवेशनमा उहाँले लोकतान्त्रिक इन्जिनियर्स समूहबाट केन्द्रीय सह – कोषाध्यक्ष पदमा इन्जिनियर संजय कुमार महतोले उमेद्धवारी दिएका छन् ।

ई. दिलीप कुमार झाले नेतृत्व गरेको लोकतान्त्रिक इन्जिनियर्स समूहमा ई. ऋषि कोइराला, ई. कृष्णसिंह बस्नेत, ई. सुधिर गुरागाईं, आ. रमिता श्रेष्ठ, लगायतका दिग्गज व्यक्तिहरुको संलग्नता रहेको छ । साथै सबैजसो विधागत प्रतिनिधित्व हुनेगरी व्यावसायिक प्यानलको रुपमा अघी सारिएको छ ।


स्थाई घर जनकपुरभै हाल शंखमुल बस्दै आउनु भएका महतो बिगत १६ बर्ष देखि आफ्नै  फर्म  “ Nepal Developemnt Consultants” मा संचालक महतो लोकतान्त्रिक ईन्जिनियर समूह बाट उमेद्धवार बनेका हुन् ।

ई.महतो बिगत १६ बर्ष देखि (Valuation) पेशा  तथा अन्य इन्जिनियरिङ परामर्श कार्य गर्दै आउनु भएको छ भने , आफ्नो पेशा भन्दा बाहिर गएर वहाले  “ पसिना “ नामक चलचित्र पनि निर्माण गर्नु भएको छ । वहाले विभिन्न संघ – संस्थामा रहदै इन्जिनियरिङ पेशा को हकहित को लागि संघर्स गर्दै आउनु भएको छ ।

‘नेपाल भ्यालुयर्स एसोसिएसन को संस्थापक सचिब हुदै उपाध्यक्ष समेत रही काम गरेका महतो मुल्यांकनकर्ताको हक – हित को लागि आबाज उठाउदै आउनु भएको छ , भने लामो समय देखि इन्जिनियरिङ क्षेत्रमा सँगालेको अनुभवलाई नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत समग्र इन्जिनियरिङ क्षेत्रको व्यवस्थापनमा योगदान गर्ने महतो ले जानकारी दिनु भयो । आफ्नो कार्य कौशलमा अब्बल युवा ई.महतो  देश भरिनै   ईन्जिनियरहरुमाझ लोकप्रिय हुदै गैरहेका छन् , साथै वहा लाई इन्जिनियर साथिहरुले मतदान गरि बिजय गराउनु हुने छ, भनि पूर्ण बिशवास   राख्नु भएको छ ।