२५ पुस २०७८, तदनुसार जनवरी ९ तारिक २०२२ आइतबार । पौषशुक्लपक्ष सप्तमी तिथि (रविसप्तमीव्रत) वणिज करण, उत्तरभाद्रपदा नक्षत्र, परिध योग, चन्द्रमा मीन राशिमा रहेको छ । आज सूर्योदय बिहान ६:५८ मा हुनेछ भने सूर्यास्त १७:२४ मा हुनेछ । आज बिहान ११:५० देखि १२:३१ सम्म अभिजित मुहूर्त रहेको छ । यस्तै, ४:०७ देखि ०५:२६ सम्म राहुकालको समय हो । राहुकाल भएको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला । आजको देवता विश्वकर्मा, ग्रहदेव शनि रहेको छ ।
आइतबारको दिन बिहान सूर्योदयको दर्शन गरेर कुनै पनि काम गर्नुभयो भने कार्य सफल हुने भन्ने मान्यता रहेको छ ।
मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ)
आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट नयाँ कार्यायोजनाका निमित्त सहयोग पाउनुहुनेछ । मेष राशिका जातका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । विहान सूर्यको दर्शन गरेर काम शुरु गर्दा दिनभर कार्यसिद्धि हुनेछ ।
वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)
तपाईका लागि आजको दिन अनुकूल देखिन्छ । मनमा मानसिक चिन्ता, अनसन्तुष्ठि रहन सक्छ । यात्राका लागि अवसर आउन सक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । यदी यात्रामा निस्कनुभन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि गणेश देवताको दर्शन गरेर मात्र यात्रा गर्नुभयो भने यात्रा सफल हुनेछ ।
मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)
आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुन सक्छ । त्यसैले मिथुन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्न सक्छ । मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।
कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)
आफन्त र मित्रजनबाट साथ असहयोग पाउनु हुनेछ । दाम्पत्य जीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्न सक्छ । आफूले गरिरहेको व्यापार ब्यवसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुहोला ।
सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)
आज तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । सोच विचार र मनमा अहंकार बढ्न सक्ने छ । त्यसैले आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नुहोला । कसैसँग विवाद हुन लाग्यो भने जल सेवन गर्नुहोला ।
कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)
दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको आइतवार भएकाले अर्थ लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । सिर्जनात्मक कार्यमा मन लाग्नेछ ।
तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)
तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आजको दिन कसैसँग विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानि हुनसक्ने संभावना पनि रहन्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले तपाईको कार्य सफलता मिल्नेछ ।
वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)
ब्यापार ब्यवसायबाट सोचेभन्दा बढी लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।
धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)
तपाईलाई साथ सहयोग दिने कुनै एकजना आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनसक्छ । नजिकको देवालय, वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले ऊर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।
मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)
आजको दिन तपाईको लागि उत्तम दिन हो । व्यापार ब्यवसाय, लेखन, र तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एक कदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । शिवालयमा गएर फलफूल प्रदान गर्नुहोला । परिवारका सदस्यलाई वस्त्र किनेर दिनुहोला ।
कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)
बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम बित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रहरूको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आजको दिन बालबालिकाहरूलाई केही मीठा खानेकुरा दिनुभयो भने निकै खुसीयाली छाउने छ ।
मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)
मीन राशिका लागि आजको दिन उत्तम दिन हो । चन्द्रमाको साथ रहेको छ । आज नभुलीकन बिहान सूर्योदयको दर्शन गरेर काम गर्नुभयो भने दिन फलदायी हुनेछ । व्यापार ब्यवसायबाट आंशिक सफलता भए पनि अध्ययन अध्यापनमा लाग्ने मीन राशिका लागि सफलता मिल्नेछ । आजको दिन बनेका कार्ययोजना सफल हुनेछ ।
तपाइँको प्रतिक्रीया