२०८१ असोज २९ मङ्गलबार

खोपकार्ड अनिवार्यदेखि विद्यालय बन्दसम्म-यी हुन् सिसिएमसीका १३ सिफारिस

  • admin २०७८ पौष २५ आइतबार

काठमाडौं, २५ पुस

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले नियन्त्रणका लागि भन्दै सरकारलाई विभिन्न १३ वटा सिफारिस गरेको छ ।

मंगलबार बसेको सिसिएमसीको बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने देखि विद्यालय माघ १५ गतेसम्म बन्द गर्नु पर्ने लगायको निर्णय गरेको छ ।

सिसिएमसीले कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने सिफारिस गरेको छ ।