२०८१ भाद्र २८ शुक्रबार

विद्यालय बन्द भएसँगै अभिभावक र विद्यार्थी चिन्तित

  • २०७८ पौष २९ बिहीबार

सप्तरी २९ पुस

कोरोना भाइरस संक्रमण बढेपछि शिक्षण संस्था बन्द भएसँगै सप्तरीका विद्यार्थी र अभिभावक पठनपाठनलाई लिएर चिन्तित भएका छन् । अध्ययनविना नै कक्षा चढ्ने हुँदा यसले विद्यार्थीको क्षमताका ह्रास आउने भन्दै अभिभावक चिन्तित् भएका हुन् ।

सप्तरीको राजविराज नगरपालिका–१५ को महावीर माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विवेक मण्डलले भने, कक्षा ६ मा हुँदा कोरोनाको पहिलो लहर सुुरू भएपछि परीक्षा नदिएरै ७ कक्षामा पुगेँ । कक्षा ७ मा आठ महिना पढाइबाट बञ्चित हुनुपर्‍यो । चार महिना पढेर कक्षा ८ मा पुगेँ ।

आठमा पुग्नेबित्तिकै दोस्रो लहर सुुरू भयो । पाँच महिना विद्यालय बन्दपछि पठनपाठन शुरू भएको पाँच महिना नबित्दै पुन: विद्यालय बन्द भएपछि हामी विद्यार्थीको पढाइ चौपट्टै भयो ।’

उनको जस्तै राजदेवीमावि राजविराजको कक्षा १० मा अध्ययनरत आरती झाको पीडा पनि उस्तै छ । ‘दुई वर्ष विद्यालय न गएरै एसईई आईसक्यो । के गरौँ ? कसो गरौँ ? चिन्ताले सताउँन थालेको छ,’ उनी भन्छिन् ।

विद्यार्थी र अभिभावकले कोरोना भाइरस विरुद्धको खोप लगाएर नियमित पठनपाठनको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

राजविराज नगरपालिका २ कि किरण मण्डलले भनिन्, ‘विद्यालय बन्द गर्नुभन्दा पनि बिद्यार्थीहरूलाई भ्याक्सिन लगाएर पढाउनु राम्रो हुन्छ ।’