२०८१ असोज २८ सोमबार

आज पुस मसान्त, थाहा पाउनुहोस् तपाईंको राशिफल

  • २०७८ पौष ३० शुक्रबार

काठमाडौं, ३० पुस

३० पुस २०७८, तदनुसार १४ जनवरी २०२२ शुक्रबार । पौषशुक्लपक्ष दशमी तिथि, बब करण, रोहिणी नक्षत्र, शुक्ल योग, चन्द्रमा वृष राशिमा छ । आज सूर्योदय बिहान ६:५८ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा ।

आज बिहान १०:५४ देखि १२:१३ सम्म राहुकाल रहेको छ । राहुकाल रहेको समयमा शुभकार्य नगर्नुहोला । त्यसैगरी ११:५२ देखि १२:३४ को समयमा अभिजित मुर्हूत पनि शुरु हुनेछ । आजको देवता पार्वती र ग्रहदेव चन्द्र रहेको छ ।

शुक्रबार यात्रा र मनोरन्जनात्मक कार्यका लागि शुभ बार मानिन्छ । तर, आज मसान्त भएकाले नेपाली चलनअनुसार मसान्त अर्थात् महिनाको अन्तिम दिन यात्राको लागि उपयुक्त मानिदैन ।

आजको राशिफल

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ) : आजको दिन तपाईंलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयमा यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो) : आजको दिन व्यापारमा लाभ हुनेछ । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । अनावश्यक विवाद र परिवारका सदस्यबीच प्रगाढ सम्बन्ध विस्तार हुनेछ । चन्द्रमाको साथ रहेको छ । सोचअनुसार काम हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह) : आज तपाईंलाई मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउन सक्छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ।आजको दिन देवीको मन्दिर दर्शनका लागि जानुहोला ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो) : आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । अध्ययन अध्यापनमा ध्यान दिनुहोला । मौन रहनु उत्तम बाटो हो ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे) : परिवार र मित्रमण्डलीबाट आजको दिन साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला। परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछन् । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । कुनै देवालयको यात्रा फलदायी हुनेछ ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो) : तपाईकै कारण आफन्तसँग विवाद हुन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु) : कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ । सामाजिक सेवामा मन लगाउनु होला ।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे) : आजको दिन शुभ रहेको छ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी) : विगतमा तपाईंले गरेको कामबाट आज मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द) : शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ । सकारात्मक सोच र अध्यात्मयात्राले तपाईको मनमा उर्जा थपिने छ ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ आफ्नो कामको मूल्याकन गर्नुहोला । आज गरिएको कार्यायोजनाले तपाईलाई सफलता प्राप्त हुनेछ ।