२०८१ चैत २ आइतबार

कोभिड महामारीका कारण प्रतिनिधिसभा बैठक स्थगित, अब १६ माघमा बस्ने

  • admin २०७८ माघ २ आइतबार
a}7sdf ;xefuL ;f+;b sf7df8f}F, @( j}zfv . k|ltlglw;efsf] ;f]daf/sf] a}7sdf ;xefuL ;f+;b . t:jL/ M /Tg >]i7÷ /f;;

काठमाडौं, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो ।

संघीय संसदका महासचिव डा।भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन् ।
सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ । त्यसैले संघीय संसद् बैठक पनि पछि सरेको हो ।