२०८१ चैत ३ सोमबार

आजदेखि श्रीस्वस्थानी व्रत, थाहा पाउनुहोस् तपाईंको राशिफल

  • admin २०७८ माघ ३ सोमबार

काठमाडौं, ३ माघ २०७८, तदनुसार जनवरी १७ तारिक २०२२ सोमबार । पौषशुक्लपक्ष पूर्णिमा अर्थात् श्रीस्वस्थानी व्रत सुरु भएको छ । माघ महिनाको स्नान सुरुको दिन हो । आजदेखि एक महिना अर्थात् माघशुक्लपक्ष पूर्णिमा ४ माघसम्म घरघरमा श्रीस्वस्थानी पाठ हुने गर्छ ।

काठमाडौंको साँखुस्थित शालीनदीमा विशेष मेला लाग्ने गर्छ । पुनवर्स नक्षत्र, वैधृति योग, चन्द्रमा मिथुन राशिमा छ । आज बिहान ६ बजेर ५८ मिनेटमा सूर्योदय हुनेछ भने साँझ ५ बजेर ३१ मिनेटमा सूर्यास्त हुनेछ । विस्तारै सूर्य अस्त हुने समय ढिलो हुँदैछ । आजको देवता दिती, ग्रहदेव गुरु रहेको छ । आज बिहान ८:१६देखि ९:३५ सम्मको समय राहुकाल रहेको छ भने ११:५३ देखि १२:३५ सम्म अभिजित मुहूत रहेको छ ।

सोमबारका दिन पूर्णिमा परेकाले देशभरका शिवालयमा मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्ने गर्दथो । तर कोरोना महामारीका कारण आज विशेष दिनमा आफ्नो घरमा शिवालय सम्झेर पूजा आरधना गर्नु राम्रो हुनेछ ।

बिहानदेखि शुद्ध मन र चित्तबाट भोलेनाथको पूजा र श्रीस्वस्थानी माताको पूजा आरधना गर्नु बेस हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) : आजको दिन अर्थलाभको योग छ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्व तर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) : विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । त्यसो त मनमा निरासा छाउने छ आज । पारिवारिक समस्याका कारण आय भन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) : आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ,व्यापारमा तपाईंले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । बिहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) : आजको दिन मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ । कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग सामान्य विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) : आजको दिन शुभ छ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै बेस हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते) :तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) : तपाईंलाई अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईंले गरेको कामको प्रसंसा हुनेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये,यो,भा,भी,भु,ध,फा,ढ,भे) : आकस्मिक धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी ) : आज कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन विवाद हुने काम नगर्नुहोला ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द) : मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । धैर्य र मन शान्त हुने काम गर्नु बेस हुनेछ ।

मीन (दी,थ,झ,ञ,दे,दो,च,ची) : शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । आजको दिन तपाईले सिर्जनात्मक काममा ध्यान दिनुहोला ।