काठमाडौँ : आगामी माघ ७ गते हुने भनिएको नेपाल इन्जिनियर एशोसिएसनको निर्वाचन स्थगित भएको छ । देशव्यापी रुपमा कोरोना महामारीको संक्रमणदर उच्च देखिएपछि इन्जिनियर एशोसिएसनको निर्वाचन पनि स्थगित भएको हो । यही निर्वाचनका लागि स्थायी घर राजविराज भई हाल काठमाण्डौमा बस्दै आउँनुभएका इन्जिनियर दिलिप कुमार झा ले उम्मेद्वारी दिनुभएको छ ।
इन्जिनियर झा एशोसिएसनमा विगत २७ वर्षदेखि अनबरत रुपमा लागिपरिरहनु भएको छ ।, उहाँलेले इन्जिनियर एशोसिएसनको निर्वाचनमा अध्यक्षको लागि उम्मेद्वारी दिनुभएको छ । निर्वाचन ५ पटक सरिसकेको छ , यसरी पटक पटक निर्वाचन मिति पछाडी धकेलिदा उम्मेद्वारहरुमा कस्तो असर पर्छ ? निर्धारित मितिमा निर्वाचन हुन नसक्नुमा तपाईँले कस्को दोष देखनु हुन्छ ? यिनै विषयमा नेपाल इन्जिनियर एशोसिएसनका अध्यक्षपदका प्रत्यासी ई. दिलिप कुमार झासँग एनडिसीखबर कर्मी रमन वनले गरेको अन्तर्वार्ता :
नेपाल इन्जिनियर एशोसिएसनको निर्वाचन स्थगित भएको छ, यस प्रति तपाईँको धारणा के छ ?
“नेपाल इन्जिनियर एशोसिएसनको निर्वाचन कोभिडको कारण स्थगिित भएको भनिएको छ, यस अघि पनि कोरोना भाइरस कोभिड १९ कै कारण स्थगित भयो, यसरी ५ पटक चुनाव स्थगित हुँदै गर्दा दुई पटक कोरोनाले स्थगित गरायो होला तर बाँकी ३ पटक चैँ मनोमानी ढंगले चुनावको मिति सारिएको छ, हामी इन्जिनियरहरु प्रविधिमा विश्वास गर्ने तर त्यसलाई कार्यान्वयन गर्न भने नसक्ने, हामी परिस्थिती अनुसार भौतिक रुपमा उपस्थित नभई अनलाईन भोटिङमा गएको भए निर्धारित मितिमै निर्वाचन संभव हुने थियो । कोठाबाट नै भाटिङ गर्न मिल्ने थियो, यो सिस्टम अवलम्बन गर्न सकेको खण्डमा महामारीकै समयमा पनि चुनाव हुन्छ”
भनेको वैकल्पिक पद्धति खोजिएन ?
“ पटकै खोजिएन, अहिले खास समस्या के भैरहेको छ भने बर्तमान नेतृत्वलाई चुनाव गराउने मनसाय नै छैन, जुन बेलामा सहज रुपमा चुनाव हुन सक्थ्यो त्यो बेलामा उहाँहरु चुप लागेर बस्नु भयो , जब कोरोना महामारी सुरु हुन्छ तब चुनावमा अग्रसर हुन खोज्ने बानीले गर्दा समय सिमाभित्र चुनाव हुन नसकेको हो”
यसरी निर्धारित मितिमा निर्वाचन हुन नसक्नुमा तपाईँलाई कस्को दोष हो जस्तो लाग्छ ?
“यसमा दोष त जो नेतृत्व तहमा हुनुहुन्छ उहाँहरुकै हो, किनभने हामीले पटक पटक अनलाइन भोटिङ गरेर निर्वाचन गरौँ, यसो गरियो भने हाम्रो निर्वाचन निर्धारित मिति मै हुन्छ भन्दा भन्दै पनि उहाँहरुले हाम्रो कुरालाई सुनुवाई गर्नुभएन्, त्यसैले मलाई यो नेतृत्व तहद्धारा नै सिर्जित समस्या हो जस्तो लाग्छ”
तपाईले भन्न खोज्नु भएको तात्पर्य नेतृत्व तहमा बसेकाले चुनाव सारेको हो त ?
“हो तपाइको प्रश्नमै उतर छ , मुख्य कुरा त्यही हो, उनिहरुले चुनाव गराउन चाहेकै छैनन्, कानुने अनुसार जुन अवस्थामा चुनाव स्थगित भएको छ ,त्यही अवस्थाबाट सुरु गर्नु पर्ने , तर उनि हरुले पटक – पटक उमेद्वारी खोले , जसकारण अहिलेको स्थिति आएको हो”
इन्जिनियर एशोसिएसनको चुनाव अहिलेसम्म कति पटक स्थगित भयो ?
“अहिलेसम्म ५ पटक चुनावको मिति सारिएको छ, झ्वाट्ट हेर्दा कोरोनाका कारण चुनाव सारिएको जस्तो गरिएपनि उहाँहरुले अहिले नै चुनाव नगरेर लामो समयसम्म नेतृत्व तहमा बसेर काम गर्ने योजना सहित चुनाव मिति सार्दै गएको भन्ने मलाई लागेको छ”
यसरी पटक पटक निर्वाचनको मिति सर्दै जाँदा उम्मेद्वारहरुमा केही असर पर्छ ?
“उम्मेद्वारहरुमा त असर नपर्ने कुरै आउँदैन, हामीलाई मनोवैज्ञानिक असर पर्छ, त्यो भन्दा बढि त आम इन्जिनियर समुदायमा ठुलो असर परिरहेको छ, किनकि आम इन्जिनियर समुदायमा हाम्रो समुहले भोट माग्दै गर्दा हामीलाई इन्जिनियर साथीहरुले तपाईँहरुको चुनाव हुन्छ र ? जस्ता प्रश्नहरु आउँने गरेका छन्”
तपाइँको प्रतिक्रीया