काठमाडौँ : आगामी माघ ७ गते हुने भनिएको नेपाल इन्जिनियर एशोसिएसनको निर्वाचन स्थगित भएको छ । देशव्यापी रुपमा कोरोना महामारीको संक्रमणदर उच्च देखिएपछि इन्जिनियर एशोसिएसनको निर्वाचन पनि स्थगित भएको हो । निर्वाचनको तयारीमा प्रतिस्पर्धा सहित लागि परेका उम्मेद्वारहरुमा निर्वाचन स्थगित भएपश्चात निरासा छाएको छ । पर्वतको राजाराम गाउँमा जन्मनुभएका प्रध्यापक इन्जिनियर देउकाजी गुरुङले नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न ३३ औं अधिवेशनमा बृहत प्रगतिशिल ईन्जिनियरिङ गठबन्धनको तर्फबाट उपाध्यक्ष पदको लागि उम्मेद्वारी दिनुभएको छ । उम्मेद्वारी दिए पनि समयमा निर्वाचन हुन नसक्नु दुख:द पक्ष भएको उहाँको भनाई रहेको छ । नेपाल इन्जिनियर एशोसिएसनको निर्वाचन अहिले सम्म पाँच पटक सरिसकेकोे छ । यसरी पटक, पटक निर्वाचन स्थगित हुँदा उम्मेद्वारहरुमा कस्तो खालको असर पर्छ ? यिनै विषयमा नेपाल इन्जिनियर्स एशोसिएसनका उपाध्यक्ष पदका प्रत्यासी ई. देउकाजी गुरुङसँग एनडिसीखबर कर्मी रमन वनले गरेको अन्तर्वार्ता :
– निर्वाचन स्थगित भएको छ, यसप्रति तपाईको धारणा के छ ?
“ तपाईँले एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो, कसैले कसैलाई दोष दिएर हुँदैन, स्वभाविक रुपमा प्रविधिसँग समृद्धी भन्ने कुराले सरोकार राख्दछ, हामी पनि इन्जिनियर भएको हिसाबले यसको प्रयोग गर्नुपर्छ भन्ने हो, अहिले चैँ यो ओमिक्रोनको महामारीका कारण चुनाव स्थगित भएकोले टेक्नोलोजीको प्रयोग गरेर अगाडी बढेको भएको चुनाव हुन्थ्यो, चुनाव अगाडी बढेको भए नयाँ आयम आउँथ्यो, नयाँ भिजन आउँथ्यो तर त्यसो हुन सकेन्”
– वैकल्पिक विधीको खोजी गर्न नसकेकाले चुनाव पछाडी धकेलिएको हो त ?
“हो, चुनाव गराउनका लागि विकल्पका रुपमा विभिन्न प्रकारका विधि पद्धती भए पनि यसको खोजी गरी कार्यान्वयन गरेर अगाडी बढ्न सकिएन एक, अर्को चुनाव गराउँनै पर्छ भनेर मनदेखि लागि परेको पटक्कै देखिएन्, जसकारण चुनावको मिति पछि पर्दै गएको हो जस्तो लाग्छ”
– निर्धारित समयमा निर्वाचन हुृन नसक्नुमा तपाईँलाई कस्को दोष हो जस्तो लाग्छ ?
“समयमा चुनाव हुन नसक्नुको कारण चैँ परिस्थती नै हो, म कसैलाई आक्षपहरु लगाउँदिन, तर पनि जो कार्यभार संहालेर बसिरहनु भएको छ, उहाँहरुले परिस्थती अनुसार कसरी अगाडी बढ्न सकिन्छ भनेर समय समयमा छलफल गरेको भए एउटा निचोड निस्कन्थ्यो अनि कुनै न कुनै तवरबाट चुनाव हुने थियो, तर उहाँहरुले त्यसो गर्न सक्नु भएन्, यो समाजलाई अगाडी बढाउने भनेकै इन्जिनियरहरुले नै हो, हाम्रो दुई वर्षको कार्यकाल हुन्छ त्यो अवधिसम्म हामी त उम्मेद्वार नै भएर बित्यो”
– पटक पटक चुनावको मिति सर्दै जाँदा उम्मेद्वारहरुमा केही असर पर्छ ?
“असर त परिहाल्छ नि, हामी यही निर्वाचनको लागि अहोरात्र लागि परिरहेको हुन्छौँ तर अन्तिममा मिति नै स-र्दा निकै खल्लो महसुस हुँदो रहेछ”
तपाइँको प्रतिक्रीया