२०८१ असार ६ बुधबार

मधेश प्रदेशको नामले मधेशी पहिचानमा ठूलो राहत : उपेन्द्र यादव

  • admin २०७८ माघ ४ मङ्गलबार

महोत्तरी : जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश राखेसँगै मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए ।

‘मधेशी भन्नेसाथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए । अब मधेश प्रदेशवाट पक्कै छुटकारा मिल्नेछ,’ उनले भने ।