२०८१ माघ ५ शनिवार

पाक बिस्फोटमा तीन जनाको मृत्यु

  • admin २०७८ माघ ७ शुक्रबार

लाहोर: पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ । बिस्फोटमा २० जनाभन्दा बढी घाईते भएका छन् । बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ ।

बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ । बिस्फोटपछि सबारी साधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।