२०८१ भाद्र २४ सोमबार

काम गर्ने समय उम्मेद्वार बन्दैमा बित्यो : वरिष्ठ इन्जिनियर अर्याल

  • admin २०७८ माघ ७ शुक्रबार

काठमाडौँ : माघ ७ गते अर्थात् आजको दिन हुने भनिएको नेपाल इन्जिनियर एशोसिएसनको निर्वाचन स्थगित भएको छ । देशव्यापी रुपमा कोरोना महामारीको संक्रमणदर उच्च देखिएपछि इन्जिनियर एशोसिएसनको निर्वाचन पनि स्थगित भएको हो । निर्वाचनको तयारीमा प्रतिस्पर्धा सहित लागि परेका उम्मेद्वारहरुमा निर्वाचन स्थगित भएपश्चात निरासा छाएको छ । चुनावमा विभिन्न प्रदेशबाट फरक फरक पदमा उम्मेद्वारी दिएका छन् । यस्तै लुम्बिनी प्रदेशमा दोस्रो कार्यकारिणी समितिको निर्वाचनको लागि प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (PEAN) को तर्फबाट वरिष्ठ इन्जिनियर जिबन अर्यालले सभापति पदको लागि उम्मेद्वारी दिनुभएको छ । वरिष्ठ इन्जिनियर अर्यालको स्थायी घर कपिलबस्तु नगरपालिका हो तर उहाँ अहिले शिदार्थ नगरपालिकामा योजना महाशाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । साथै एडिबीको सहयोगमा सञ्चालित आर.यु.डि.पी.कार्यक्रमको आयोजना प्रमुख, नेपाल भ्यालुयर्स एशोसिएसनको केन्द्रीय उपाध्यक्ष तथा प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (PEAN) लुम्बिनी प्रदेशको अध्यक्ष समेत बसेर काम गर्नुभएको अनुभव रहेको छ । त्यति मात्र हैन अर्यालले :M.SC.(Construction Management)  Lumbini Engineering College, Pokhara University. B.E. (Civil) The Institution Of Engineers  ( India) अध्ययन गर्नु भएको छ । उहाँले नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न ३३ औं अधिवेशनमा उहाँले लुम्बिनी प्रदेशबाट सभापति पदका लागि उम्मेद्वारी दिएको भए पनि निर्वाचन स्थगित भएको छ, यसप्रति तपाईको धारणा के छ ? पटक- पटक निर्वाचन सर्दा उम्मेद्वारहरुलाई कस्तो असर पर्छ ? यिनै विषयमा नेपाल इन्जिनियर्स एशोसिएसनका सभापति पदका प्रत्यासी ई. जिबन अर्याल सँग एनडिसीखबर कर्मी रमन वनले गरेको अन्तर्वार्ता :

–निर्वाचन स्थगित भएको छ, यसप्रति तपाईको धारणा के छ ?
“एनइएमा चुनाव गराउन चाहेको भए चुनाव पहिले नै भैसक्थ्यो, पटक पटक सार्ने काम भइरहेको छ, उम्मेद्वार भएको पनि करिब, करिब हामिले १० महिना क्रस गरिसक्यौँ, कहीँ जानु छैन, केही गर्नु छैन् जेलमा थुनेर राखे जस्तै भको छ, जति सक्दो चाँडो चुनाव गराएर उम्किन पाए हुन्थ्यो भन्ने भइसक्यो, अब त दिक्कै लागिसकेको छ नि”

– भनेको चुनाव गराउनका लागि विकल्प खोजिएन ?

“यो चुनाव त मंसिर २४ मै गराउँन चाहेको भएपनि हुन सक्थ्यो, नेकपा एमाले, नेकपा माओवादी पार्टी जस्ता ठुलठुला पार्टीहरुले चुनाव गरिसके भने हाम्रो मात्र किन रोकिन्छ र ? अब सोच्ने दिन चैँ आयो, चुनाव गराउन चाहेको भए यो ११ महिनाको अवधिमा पहिले नै भइसक्थ्यो तर जब कोरोना सुरु हुन्छ तब चुनाव गर्न खोजेकाले चुनाव मिति सरिरहेको जस्तो लाग्छ,

– निर्धारित समयमा निर्वाचन हुन नसक्नुमा तपाईँलाई कस्को दोष हो जस्तो लाग्छ ?
“यो त एनइएका केन्द्रिय पदाधिकारीहरुकै नै दोष हो भन्छु म, अब पनि चुनाव गर्न नसक्ने हो भने राजिनामा दिएर सर्वदलिय बनाउँनुपर्ने अवस्था नआउला भन्न सकिन्न, उहाँहरुको पनि कार्यकाल समय अवधि बढेको बढ्यै, उम्मेद्वारी दिँदा दिदै हाम्रो पनि गिनिजबुकमा नाम लेखाउने बेला भैसक्यो, बर्बाद नै भयो नि, एक पटक चुनाव प्रचार, प्रसार गर्यो अब चैँ चुनाव हुन्छ होला भन्ने बेलामा चुनाव हुन सकेन्, “सुरुमा उम्मेदेवारी दिँदा प्रगतिशिल गठबन्धन मिलेर उम्मेद्वारी दिएका थियौँ, आजसम्म आइपुग्दा उम्मेदार थप्ने, निकाल्ने, ठाउँ सारी गर्ने अवसर दिँदा अहिले आएर पिनको तर्फबाट मात्रै उम्मेद्वारी दिने अवस्था आयो, पटक-पटक, ठाउँ सारी गर्ने गर्दा खेरी हामीले पनि पटक-पटक साथीभाइलाई भेट्नु पर्ने फोन गर्नु पर्ने अवस्था आएको छ”

–यसरी पटक – पटक निर्वाचन सर्दा उम्मेद्वारहरुलाई कस्तो असर पर्दो रहेछ ?
“एकदमै गाह्रो स्थिती भइरहेको छ, लुम्बिनी प्रदेशमा १२ ओटा जिल्ला रहेको छ, यसरी पटक, पटक निर्वाचन सरिरहँदा हामिले कहिलेसम्म प्रचार प्रसार गरिरहने, खर्च पनि धेरै बढिसक्यो”

–हामी कुराकानीको अन्त्यमा छौँ, केही भन्नु हुन्छ ?
“अन्त्यमा म के भन्न चाहन्छु भने नेपाल इन्जिनियर्स एशोसिएसनले यसरी पटक पटक निर्वाचनहरु नसारोस, किन भने रिस्क लिएर भए पनि जसरी पनि चुनाव गर्ने वातावरण बनाओस, र दोस्रो कुरा अस्ति पनि यो निर्वाचन नसार्न पनि सकिन्थ्यो, जस्तो सरकारले हरेक ठाउँमा जाँदा खोप लगाएको कार्ड अनिवार्य गरेको छ, त्यसो हुँदा खोप लगाएका साथीहरुले पनि भोट लगाउँन सकिन्थ्यो, ५०, ६० ठाउँमा बुथहरु राखिदिएको भए पनि पच्चिस जनाको उपस्थितीमा गर्न सकिन्थ्यो, एनइएले हामीलाई पन्छाउने काम मात्र नगरोस, आगामी दिनमा चुनावको मिति यसरी तोकियोस कि ठ्याक्कै चुनाव होस”