२०८१ माघ २५ शुक्रबार

सप्तरीमा दुबै डोज खोप लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु

  • admin २०७८ माघ ८ शनिवार
TOPSHOT – Bodies are moved to a refrigeration truck serving as a temporary morgue at Wyckoff Hospital in the Borough of Brooklyn on April 6, 2020 in New York. – New York Governor Andrew Cuomo on Monday extended a shutdown in the epicenter of America’s deadly coronavirus pandemic until near the end of the month. Cuomo said the COVID-19 death rate in New York was “effectively flat” for the past two days but announced that schools and non-essential businesses must stay shut until April 29. (Photo by Bryan R. Smith / AFP) (Photo by BRYAN R. SMITH/AFP via Getty Images)

सुधा देव,सप्तरी : कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका-७ का ६५ बर्षीय एक पुरूष रहेका छ्न् । विरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारकै क्रममा शुक्रबार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिए । उनले भने, झमृतकले कोरोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।

यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका- १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

योसंगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।