२०८१ माघ ६ आइतबार

हाम्रै कमजोरीले एनईएको चुनाव सरेको हो – डा.इन्जिनियर लामिछाने

  • admin २०७८ माघ ८ शनिवार

काठमाडौँ : गत माघ ७ गते हुने भनिएको नेपाल इन्जिनियर एशोसिएसनको निर्वाचन स्थगित भएको छ । देशव्यापी रुपमा कोरोना महामारीको संक्रमणदर उच्च देखिएपछि इन्जिनियर एशोसिएसनको निर्वाचन पनि स्थगित भएको हो । निर्वाचनको तयारीमा प्रतिस्पर्धा सहित लागि परेका उम्मेद्वारहरुमा निर्वाचन स्थगित भएपश्चात निरासा छाएको छ । डा.ई. सुरज लामिछानेले नेपाल इन्जिनियर्स एशोसिएसनको आसन्न ३३ औं अधिवेशनमा अध्यक्ष पदको लागि उम्मेद्वारी दिनुभएको छ । उहाँले बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनको तर्फबाट केन्द्रिय अध्यक्ष पदको लागि उम्मेद्वारी दिनुभएको हो । लामिछाने पुलचोक क्याम्पसको सह–प्रध्यापक समेत हुनुहुन्छ । निर्धारित समयमा निर्वाचन हुन नसक्नुमा तपाईँलाई कस्को दोष हो जस्तो लाग्छ ? यिनै विषयमा नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष पदका प्रत्यासी डा. लामिछानेसँग एनडिसीखबर कर्मी रमन वनले गरेको अन्तर्वार्ता :

-निर्वाचन स्थगित भएको छ, यसप्रति तपाईको धारणा के छ ?
“यो चुनाव चैँ समयमा गर्न सकेको भए भइहाल्थ्यो, समयमा गर्न सकिएन्, निर्वाचन समिती र नोपल इन्जिनियर्स एशोसिएसनका बहालवाला ब्यक्तिहरुले समयमा गर्न नसकेका कारण यो सर्यो, देशमा भएको राजनितिक उथल पुथलले पनि यसलाई छोएको थियो, अहिले चैँ विशुद्ध प्राकृतिक कारणले नै यो चुनाव सारिएको छ, यसमा कुनै राजनितक पार्टीको कारण चुनाव सरेको जस्तो मलाई लाग्दैन, होइन पनि होला, कोभिडको कारणले नै सरेको हो र यो भयावह अवस्था कम भए लगत्तै चुनाव हुन्छ जस्तो लाग्छ मलाई”

-वैकल्पिक विधि खोज्न नसक्दा चुनाव सरेको हो त ?
“सकिन्थ्यो नसकिने पनि हैन, नभको पनि भको पनि छ, तर के भयो भने इ भोटिङ र अनलाइन दुई ओटा प्रोसेस छ, इ भोटिङ भनेको मेसिनबाट गर्ने भोटिङ हो, अनलाईन भोटिङ हुनु र पेपर भोटिङ हुनु भनेको मान्छेको जमात कम गर्न खोजेको मान्छे एकै ठाउँमा जम्मा नहुन भनेर हो, पेपर भोटिङमा गए पनि इ भोटिङमा गए पनि खासमा मान्छेको संख्यामा केही पनि फरक पर्दैन, त्यसो हुने भएकाले इ-भोटिङको संभावना हुँदैन्, अनलाईन भोटिङका लागि चैँ नेपाल इन्जिनियर्स एशोसिएसनले सुरुबाट नै त्यो गर्नुपथ्र्यो, त्यो तत्कालै संभव हुँदैन्, अहिले हामीसँग जति पनि मतदाता रहेका छन्, करिब २२ हजार मतदाता छन् भनेर भनिरहेका छौँ, ति सबै मतदाताको नाम, ठेगाना, मोबाइल नम्बर, इमेल लगायतका कुराहरु अप्डेट नभइ र उसलाई कोड नदिइ भोट हाल्न जाँदा यसले अर्को अराजक स्थिती सिर्जना गर्न सक्छ, त्यसैले गर्दा आजको भोलि नै अनलाइन भोटिङमा गएर चुनाव गर्न निकै गाह्रो छ, तुरुन्तै अनलाइन भोटिङको प्रोसेसबाट चुनाव गरान संभव छैन्, अनलाइन पद्धती सुरुबाट नै लागु गर्नु पर्ने भएका कारण महामारी साम्य नभइन्जेलसम्म चुनाव गर्न सकिँदैन जस्तो लाग्छ, जब राति तब बुढी ताती भनेसस्तै भएकाले अहिले सम्म अनलाइन पद्धती लागु हुन नसकेको हो, तर पनि अन्तिम विकल्प अनलाइन भोटिङ नै हुने छ”

-भनेको अनलाईन भोटिङ नै विकल्प हुन्छ भन्नु खोज्नुभएको हो ?
“महामारी भए पनि नभए पनि मान्छेलाई दु:ख दिएर किन लाइनमा राख्नु पर्‍यो, इन्जिनियरको समय दिनभरी लाइनमा बसेर किन खर्च गर्नुपर्‍यो, सोसाइटी एक हिसाबले अगाडी बढिसकेको छ, हामी चै किन जान नसक्ने भन्ने हो, यो भनेको चैँ राम्रो विकल्प भन्ने हो तर त्यसमा अहिलेसम्म हामी छिर्न सकेका छैनौँ”

-यसरी निर्धारित समयमा निर्वाचन हुन नसक्नुमा तपाईँलाई कस्को दोष हो जस्तो लाग्छ ?
“कसलाई दोष लाउँने ? मैले देख्दा चैँ निर्वाचन समिती होला, हामी आफैँ पनि कुनै न कुनै हिसाबले यसको दोषी भयौँ होला, हामीले भने जस्तो भएन होला, हामीले पनि मानेनौँ होला तर समग्र कमिटीले जुन लेबलको विकाश गर्नु पर्ने थियो त्यो चै हामीले गर्न नसकेकाले हामी सबै नै दोषी हो जस्तो लाग्छ”

-भनेको कसैले कसैलाई दोषारोपण गर्नु उपयुक्त छैन ?
“छैन, स्वस्फुर्त हामी यो कम्युनिटीमा काम गरिरहेका छौँ भने यो कम्युनिटीमा भएका समस्याहरुलाई निकास दिन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ, त्यो मलाई मात्र हैन त्यो २२ सय भोटर्सलाई थाहा छ, तर पनि हामीले त्यो निकास ल्याउँन सकिरहेको छैनौँ, त्यसैले कसलाई दोष लगाउँने भन्ने हो, किन भने हिजो कमिटीमा जाँदै गर्दा पनि हामीले नै भोट हालेर पठाएको, गलत गर्यो भन्दै गर्दा हामी पनि कहीँ न कहीँ त भागिदार नै छौँ”

-पटक -पटक निर्वाचनको मिति सर्दा उम्मेद्वारहरुमा कस्तो खालको असर पर्छ ?
“देशभरी हामी ५ सय जना उम्मेद्वार छौँ, यो अभियानमा हिँड्न थालेको १ वर्ष भयो, यो अभियानमा हिँड्ने भनेको हामीले समय दिने हो, एक वर्षसम्म हामीले खटेका छौँ त्यो हिसाब गर्दाखेरी १ जना मान्छेको १ वर्ष खर्च हुँदा ५ सय वर्ष खर्च हुँदो रहेछ, यसले मनोवैज्ञानिक असर पनि गरेकै छ, यसलाई सरल रुपमा लैजानु उपयुक्त हुन्छ, हामीलाई नैतिक रुपले प्रेसर दिएको छ, सामाजिक हिसाबले काम गर्न पाइएको छैन्, हामी पेसा गरेर जिबन निर्वाह गर्ने मान्छेलाई यसले ठुलै धक्का पुगेको महशुस भएको छ”

-काम गर्ने समय चुनावको उम्मेद्वार बन्दैमा बितेजस्तो लाग्दैन तपाईँलाई ?
“हैन त्यस्तो हुँदैन, विधानले २ वर्ष तोकेको छ, त्यसले गर्दा चुनाव सरेर उस्को काम गर्ने समयमा के पनि फरक पार्दैन, तर यो बिचको १ वर्षको समय चैँ न इन्जिनियर्स एशोसिएसनले सोचे अनुरुपको गतिविधी अगाडी बढाउन सक्यो न उम्मेद्वारहरुले आफ्नो भिजन अनुसार काम गर्न सक्ने अबस्था प्राप्त गरे, तर जहिले जुन समुहले बिजयी प्राप्त गर्छ त्यही समुहले कार्यकाल निर्वाह गर्दछ”