महेश सिंह, सिरहा गोलबजार : सिरहाको गोलबजार नगरपालिकाले साक्षर नगरपालिका छिटै घोषणा गर्ने निर्णय गरेका छन्। सिरहाको १७ वटा स्थानीय तह मध्ये गोलबजार नगरपालिकाले नमूना कामको सरुवात गरेको स्थानीयहरुको भनाई छ।
उक्त नगरपालिकाले साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम आवश्यक तयारी,सहजीकरण तथा कार्यक्रम सम्पादन गर्न पालिकाको प्रमुख तथा मेयर देबनाथ साहको समजत्वमा ९ सदस्य साक्षरता अभियान नगरपालिका समितिले गठन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयालले बताए।
नेपाल सरकारको तथ्यांक अनुसार सिरहा जिल्लामा २०६७ सालमा १ लाख ८७ हजार २ सय ४३ जना निरक्षर जनसंख्या रहेकोमा १लाख ९३ हजार ४ सय ४८ जनाले साक्षरता कक्षा प्राप्त गरेको अवस्था रहेको एक तथ्यांकमा उल्लेख रहेको देखिन्छ।पालिकालाई साक्षरता घोषणा गर्नको लागी १५ देखि ६०बर्ष उमेरको ९५५ भन्दा बढी साक्षर भएको अवस्थामा साक्षर नगरपालिका घोषणा गर्न सकिने नितिगत ब्यवस्था रहेको गोलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयालले जनाए।
उक्त पालिकाले ३ महिना भित्रै साक्षरता पालिका घोषणा गर्ने निर्णय गरेका छन्। यसका लागि १२ वटा साक्षरताका सुचकहरु उल्लेख रहेका छन्।
-राष्ट्रिय भाषा वा मातृ भाषाका बर्ण वा अक्षरको पढाई वा लेखाई गर्न सकने
– राष्ट्रिय भाषा वा मातृ भाषामा लेखिएको मुल्य सुची र बिलको पढाई गर्न सकिने।
-लगायतका सुचकहरु रहेका छन्।
नेपालको संविधानले आधारभूत शिक्षालाई नि:शुल्क र अनिवार्य हकका रूपमा स्थापित गरेका छन्। सबैका लागि शिक्षाको अवसर अभिवृद्धि गर्न सरकारले औपचारिक तथा अनौपचारिक दुवै माध्यमबाट विभिन्न उमेर समूहका महिला,
पुरुष,विशेष आवश्यकता भएका तथा कठिन परिस्थितिमा रहेका प्रत्येक बालबालिका ब्यक्तीहरुका लागि कार्यक्रमहरू नेपाल सरकारले सञ्चालन गर्दै आएका छन्।
तपाइँको प्रतिक्रीया