२०८१ भाद्र २४ सोमबार

राजनीतिक उथल-पुथल र बेरोजगारीका कारण सक्षम युवा बिदेशिन बाध्य

  • admin २०७८ माघ ११ मङ्गलबार

काठमाण्डौँ : नेपालबाट दैनिकजसो सयौं, हजारौँको संख्यामा युवा, युवतीहरु रोजगारीको खोजीमा बिदेशिने गरेका छन् । विदेशमा मनग्य धन, पैसा कमाउने अनि नेपाल फर्किएर

घर, परिवारसँग बसेर रमाउने आसमा विदेशिएकाहरु मध्येका केहीको सपना पुरा भएको छ भने अधिकांसको अधुरै हुने गरेको थुप्रै उदाहरणहरु पनि छन् ।

यो सबै समस्या भनेकै नेपालमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्नु नै हो भन्दा फरक पर्दैन। भएका रोजगारी पनि जो व्यक्तिले गाँठ दिन सक्यो, जसको राजनितिक पावर छ, जसको ठाउँमा मान्छे छ,

उसैका परिवारका सदस्यहरुको हावी हुँदै आएको छ ।यस्ता व्यक्तिहरुले मात्र प्रवेश पाउँनुले यहाँ क्षमता भएका, धेरै पढेकाहरुलाई रोजगारी पाउँन ज्यादै कठिन हुन्छ ।

धेरै पढेर आफ्नै देशमा बसेर जागिरे बन्ने मानिसकता त कस्को पो हुँदैन होला तर विडम्बना ।भनेजस्तो जागिर नपाएपछि झोलामा सर्टिफिकेट बोकेर विदेशिनुको विकल्प नै छैन । त्यस्ता समस्याकाबीच नेपालमा केही गर्नै सकिदैन भने कदापी भन्न खोजेको हैन । गर्न सकिन्छ तर थुप्रै चुनौतीहरु आउँने गर्दछन् ।

.घरको जग नबसाई धुरी छाउन थाल्ने प्रवृति मौलाउँदै गइरहेको छ । जस कारण अब जगबाट नै सुरु गर्नुपर्छ । नेपाल आफैंमा प्रचुर संभावना भएको कृषि प्रदान देश, जहाँ नेपालीहरुले कृषि पेसा गरेर पनि जिबन निर्वाह गर्न सक्छन् ।

तर सन् १९९० को पहिलो दशकयता नेपालको कृषिक्षेत्र क्रमश : ओरालातर्फ धकेलिइरहेको विभिन्न तथ्यहरुले प्रष्ट पार्ने गर्दछ । हाम्रो देश नेपालमा भएका खेतीयोग्य जमिन सहरीकरणको वहानाबाजीमा घारी जंगलमा परिणत भइरहेको छ ।

ग्रामीण भेगका युवा युवतीहरू कृषि पेसालाई दुखिया पेसा ठानेर खेतीपाती गर्न छाडेर सहरी क्षेत्र र वैदेशिक रोजगारीको कठिन यात्रा नै रोजिरहेका छन् । पछिल्लो समयमा कृषि पेसा आत्तिन थालेको छ ।

जसको पछाडी आफ्नै देशमा पर्याप्त मात्रामा मल बनाउने कारखाना नहुनु, उन्नत बीउ बिजनहरु पर्याप्त मात्रामा नहुनु, सिँचाइको कमी, युवा जनशक्ति बिदेसिने प्रवृत्तिजस्ता कारणहरु रहेका छन् ।

उत्पादनमा कमी आउँनु, कम उत्पादकत्व हुनु, उत्पादन भन्दा लागत बढी र यस पेसालाई हेयका दृष्टिले हेरिने बढी जोखिमयुक्त पेसाको रुपमा कृषिलाई लिइन्छ । समग्र रुपमा देशको अर्थतन्त्र दरबिलो र आत्मनिर्भर बनाउनका लागि कृषि र किसानको उन्नति सुरुवातमा नै गर्नु जरुर हन्छ ।

हाम्रो देश नेपाल कहाँ संभावना नभएको देश हो र देशका ७ सय ५३ ओटै स्थानीय तह भरी र हिमाली तथा उच्च हिमाली क्षेत्रहरुमा समेत नपत्याइने ढंगले कृषिबाट सम्पन्नता हासिल गर्ने अनन्त संभावनाहरु रहेका छन् ।

नेपालमा उत्पादन हुने मुख्य बालीहरूको उत्पादकत्व अत्यन्तै कम हुँदै जानुको कारण कृषकले माग अनुसार मल, सिँचाइ र बाली व्यवस्थापन गर्न नसक्नु प्रमुख कारणका रूपमा रहेका छन् ।

सिजन अनुसार लगाइएको खेती बालीलाई उपयुक्त रूपमा स्याहार्ने तथा भण्डारण गर्ने जस्ता पक्षको कमजोरीका कारण बाह्य देशबाट खाद्यय बस्तु आयात गर्नुपर्ने कृसकहरुको बाध्यता ज्युँ को त्युँ रहेको छ ।

परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषियन्त्र र प्रविधिको प्रयोग गरी आधुनिकीकरण गर्न सकिएको खण्डमा पक्कै पनि कृषि क्रान्ति संभव छ ।

यदी हाम्रो देश नेपालमा कृषिलाई आधुनिकीकरण गर्न सकिएन् भने कृषि पेसा गर्नेको संख्यामा ह्रास हुँदै जान्छ । सहज रुपमा कृषि पेसा गर्नका लागि उपयुक्त मेसिनबाट रोप्ने, गोड्ने, काट्ने, चुट्ने, सुकाउने र थन्काउनका लागि सरकारले ठूला ठूला सामुदायिक भण्डारण गृह बनाइदिन आवश्यक देखिन्छ ।

जसकारण वैदेशिक रोजगारीको शिलसिलामा जाने गरेका युवा शक्तिहरुका लागि राज्यले नेपालमै रोजगारी दिन सकेको खण्डमा पक्कै पनि आर्थिक समृद्धी हाँसिल गर्न सकिन्छ ।

लेखक :  रमन वन