सोलुखुम्बु : जिल्लामा यस वर्ष अलैँची उत्पादनमा १७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । गएको वर्ष ८४ मेक्ट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ६९ मेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । जुन १७ दशमलव ८५ प्रतिशतले कमी हो ।
अलैँचीमा रोग किराले दु:ख दिनु, मूल्यमा गिरावट आउँदा कृषकहरुले खेतीमा कम चासो दिनु तथा बोट बुढो हुनु जस्ता कारणले उत्पादन घटेको ज्ञान केन्द्र सोलुखुम्बुको अनुमान छ ।
पछिल्लो समय अलैँचीमा छिर्के फुर्के रोगको प्रकोप अत्यधिक देखिएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले जानकारी दिए।
उनका अनुसार अलैँचीले सामन्यतया ३ र ४ वर्षसम्म राम्रो उत्पादन दिने भए पनि ८ र १० वर्ष पुरानो बोटहरु धेरै हुँदा पनि भनेजस्तो उत्पादन हुँदैन ।
अलैँचीलाई ४र५ वर्षपछि पुरानो बोटलाई मासेर नयाँ विरुवा लगाउनुपर्ने भए पनि मूल्य घटेकाले कृषकहरुले यसको खेतीमा ध्यान नदिएको सूचना अधिकारी राईको भनाइ छ ।
मूल्य घटेसँगै पुरानो बोट मासेर नयाँ विरुवा लगाउनमा कृषकहरु अग्रसर नदेखिएकाले वर्षेनी उत्पादन घटने क्रममा रहेको उनले बताए ।
जिल्लाको गोली, भकान्जे, चौलाखर्क, बुदेल, बुङ, सोताङ, अधेरी लगायतका क्षेत्रमा व्यावसायिक रुपमा अलैँची खेती हुने गरेको छ ।
तपाइँको प्रतिक्रीया