२०८१ चैत २ आइतबार

माओवादी केन्द्र सोलुखुम्बुको अध्यक्षमा असिम राई चयन

  • २०७८ माघ ११ मङ्गलबार

सोलुखुम्बु  :  नेपाल कम्युनिष्ट पार्टी [नेकपा] माओवादी केन्द्र  सोलुखुम्बुको अध्यक्षमा असिम राई चयन भएका छन् । आज पार्टीको प्रदेश कार्यालय विराटनगरमा बसेको दोस्रो पुर्ण बैठकले जिल्ला समन्वय समिति अध्यक्षको जिम्मेवारी राईलाई प्रदान गरेको हो  ।

सोही बैठकले पार्टी सह–ईन्चार्जको जिम्मेवारी प्रदेश कमिटी सदस्य ठमनाथ पराजुली [ध्रुव] लाई प्रदान गरेको छ । पराजुली यस अघि जिल्ला कमिटीे उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

थुलुङ दुधकोशी गाउँपालिकाका नजनिर्वाचित अध्यक्ष समेत रहनुभएका राई जिल्ला कमिटी सचिवको जिम्मेवारीमा रहेका थिए ।