काठमाण्डौँ : शिक्षक सेवा आयोगले बुधबार शिक्षक पदमा बढुवा तर्फको विज्ञापन खुला गर्ने भएको छ । आयोगले बुधबार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका लागि बढुवा खुला गर्ने भएको हो ।
जिल्ला विकास तथा समन्वय कार्यबाट प्राप्त भएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका रिक्त दरबन्दीको विवरणको आधारमा ७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कनको आधारमा र २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक आधारमा वर्गीकरण गरी विज्ञापन खोल्ने तयारी गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
आयोगका अनुसार कार्य सम्पादन मूल्याङ्कन ७५ प्रतिशत तर्फ तीन तहको प्रथम र द्वितीय श्रेणीमा दुई हजार ६२२ पदमा बढुवाको लागि विज्ञापन खुला हुने र आन्तरिक प्रतियोगितात्मक २५ प्रतिशत तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवा खुला हुनेछ ।
आयोगको अनुसार आन्तरिक प्रतियोगितात्मक तर्फ ३० दिनसम्मको म्याद हुने र त्यसपछि दोब्बर दस्तुर बुझाएर थप सात दिन गरी फागुनको १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यस्तैगरी कार्य सम्पादन मूल्यांकनका लागि ३५ दिने म्याद फागुनको १७ गतेसम्म दरखास्त दिन सकिनेछ । आन्तरिक प्रतियोगितात्मक तर्फको परीक्षा चैत २१ गते आयोगले तय गरेको छ ।
तपाइँको प्रतिक्रीया