२०८१ भाद्र २४ सोमबार

गैँडा मृत्यु प्रकरण : महानगर गेटमा हात्तीको दिसा राखेर विरोध

  • २०७८ माघ ११ मङ्गलबार

काठमाण्डौँ : निर्माणाधीन छ लेनको गोन्द्राङ (पुलचोक सडकमा बनाइएको नालीमा परेर गैंडाको मृत्यु भएको विषयलाई लिएर विवेकशील साझा पार्टीले भरतपुर महानगरको गेटमा हात्तीको दिसा राखेर बिरोध जनाएको छ ।

सरकारी पक्षबाट लापरबाही भएको भन्दै विवेकशील साझाले मंगलबार भरतपुर महानगरपालिकाको मुख्य गेटमा हात्तीको गोबरसहित विरोध प्रदर्शन गरेको थियो । सो बिरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

वन्यजन्तुको संरक्षणको माग गर्दै शान्तिपूर्ण रूपमा गरिएको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले बताए ।

भाले बयस्क गैंडा मरेको घटनालाई चितवन राष्ट्रिय निकुञ्जले सडक डिभिजन कार्यालय र ठेकेदार दुबैको लापरवाही रहेको बताउँदै आएको छ ।