२०८१ असार ४ सोमबार

राष्ट्रिय सभाको निर्वाचन आज हुँदै

  • २०७८ माघ १२ बुधबार

काठमाडौं : बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ । मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान स्थलमा बुथ निर्माणको काम, मतदान अधिकृत खटाउने लगायतका काम सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए ।

आयोगले २१ बुँदे स्वास्थ्य मापदण्डहरू तय गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको छ । सरकार र सीसीएमसीले तयार गरेको स्वास्थ्य मापदण्डका आधारमा आयोगले स्वास्थ्य मापदण्डहरू तयार गरेको छ ।

ती स्वास्थ्य मापदण्डहरू पूर्ण रूपमा पालना गरेर मतदान गर्ने तय गरिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।