काठमाण्डौँ : बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुन: सुरु भएको छ । उपत्यकावासीलाई पानी पुन: वितरण गर्ने गरी फेरि काम सुरु भएको हो ।
२०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो ।
ध्वस्त संरचनाको पुनर्निर्माणको काम यसअघि नै निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत हप्ता राष्ट्रका नाममा सम्बोधन गर्दै यसै वर्षभित्र मेलम्चीको पानी पुन: काठमाडौँमा आउने बताएका थिए ।
पौड्यालका अनुसार अहिले निर्माण कम्पनीले बस्ने ठाउँ बनाउनुका साथै उपकरण ढुवानी गरिरहेको छ ।
तपाइँको प्रतिक्रीया