काठमाडौं : नेपाल भ्यालुयर्स एशोसियसनका अध्यक्ष ईन्जिनियर ऋषि कोइरालाले लोकसेवा आयोगले इन्जिनियरका लागि छैटौँ तहमा बिज्ञापन निकाल्नु अपमानजनक भएको बताएका छन् ।
उनले मंगलबारे सामाजिक सञ्जालमा लोकसेवा आयोग र सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै ईन्जिनियरहरु प्रतिको अपमान भएको भन्दै तत्काल ७ औँ तह कायम गरि पेशागत सम्मान कायम गर्न माग गरेका हुन् ।
आयोगले माघ १० गते खुलाएको इन्जिनियर पदको बिज्ञापनमा छैटौँ तहका लागि आवेदन माग गरेकोमा आपत्ति जनाउँदै सामाजिक सञ्जालमा उनले यस्तो लेखेका छन् ‘यस अघि विभिन्न मितिमा इन्जिनियर पदको लागि खोलिएका बिज्ञापन र यहि २०७८ माघ १० गते लोकसेवा आयोगले खोलेको इन्जिनियर पदको बिज्ञापनमा छैटौँ तहका लागि आवेदन माग गरेको कुरा प्रति हाम्रो घोर आपत्ति छ । ७ औं तहमा इन्जिनियरहरुका लागि आवेदन माग गरिनुपर्नेमा लोकसेवा आयोगले हाम्रो पेशालाई अबमुल्यन गरि पेशागत मर्यादा र सम्मानमा आँच आउने गरि छैटौँ तहमा इन्जिनियरलाई सिमित गरिनु घोर निन्दनीय छ ।’
इन्जिनियरहरुको पेशागत मर्यादा र सम्मानलाई ध्यान पुर्याउदै इन्जिनियरहरुको बिज्ञापन ७ औँ तह कायम गर्न उनले माग गरेका छन् । अन्यथा हजारौँ इन्जिनियरहरु आफ्नो पेशागत हक, अधिकारका लागि संघर्ष गर्न बाध्य हुने पनि अध्यक्ष कोइरालाले चेतावनी समेत दिएका छन् ।
लोकसेवा आयोग, सम्बन्धित सरोकारवाला निकायहरुलाई विशेष ध्यानाकर्षण सहित सचेत गराउनुपर्नेमा उनले जोड दिएका छन् । ईन्जिनियर कोइराला नेपाल इन्जिनियरर्स एशोसियसनको ३३ औं कार्यकारिणी समितिमा उपाध्यक्ष पदका उम्मेद्वार पनि हुन् ।
तपाइँको प्रतिक्रीया