२०८१ माघ २५ शुक्रबार

एकाबिहानै जनकपुरमा मतदानस्थल क्षेत्रमा झडप

  • २०७८ माघ १२ बुधबार

जनकपुरधाम : धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि झडप नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ ।स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।