२०८१ माघ ५ शनिवार

स्थानीय तह अनुसार आलोपालो सेवा

  • २०७८ माघ १२ बुधबार

सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले स्थानीय तह अनुसार सेवा प्रवाह गर्ने भएको छ । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै आगामी आईतबारबाट पालिका अनुसार फरक/फरक बारमा सेवा प्रभाव गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिए ।

उनका अनुसार आइतबार खुम्बु पासाङ ल्हामु र लिखुपिके गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने छ ।

यस्तै सोमबार माहाकुलुङ र सोताङ गाउँपालिका, मंगलबार सोलुदुधकुण्ड नगरपालिका, बुधबार माप्य दुधकोशी, बिहिबार थुलुङ दुधकोशी र शुक्रबार नेचासल्यान गाउँपालिका भित्रका नागरिकहरुलाई सेवा प्रवाह गर्ने जनाइएको छ ।