२०८१ माघ ७ सोमबार

सीकेका कार्यकर्ताले गरे सरकारी गाडी तोडफोड, आक्रमणमा परी सांसद र मेयर घाइते

  • २०७८ माघ १२ बुधबार

सर्लाही : जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट मधेस प्रदेशका सांसद अशोक यादव र सर्लाहीको हरिवन नगरपालिका मेयर गणेश प्रसाईं घाइते भएका छन् ।

राष्ट्रिय सभा सदस्यको चुनावमा मतदान गर्न जाँदै गर्दा प्रदेश सांसद यादव र मेयर प्रसाईं सवार सरकारी नम्बरको गाडीमा जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए ।

सांसद यादवलाई जानकी मन्दिर नजिकै र मेयर प्रसाईंलाई राम मन्दिर नजिकै उनीहरूले आक्रमण गरेका थिए । सांसद यादवको हातमा चोट लागेको छ भने मेयर प्रसाईंको टाउकोमा चोट लागेको बताएको छ ।

आज बुधवार बिहानैदेखि जनमत पार्टीका कार्यकर्ताले ‘पहिले मल खाद देऊ अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए ।

तोडफोडमा संलग्न केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।