सुवास दर्नाल, सोलुखुम्बु : नेपाली ५ यूवाले विश्व रेकर्ड कायम गरेका छन् । पत्रकारिता र कलाकारितामा लागेका ५ यूवाले विश्वकै अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमानामदर्ज गरेका हुन् ।
५०२० मिटरको उचाई सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो)मा पुगेर छायांकन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिजबुकले मान्यता दिएको हो ।
गिनिजबुकको मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्यूजिक भिडियो अन ल्याण्ड शिर्षकमा नेपाली यूवाहरु सञ्च बहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको छ ।
‘सुन्दर हिमाल’बोलको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे)ले लेखेकाहुन् भने गीतमा डिआर अटुको संगीत र टेक नाछिरिङको स्वर रहेको छ । कोरस गायनमा माया गुरुङ र शिखर जंग श्रेष्ठ (गजरकोटे)ले साथ दिएका छन् ।
स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बर सिंह राई र किबोर्ड टेक नाछिरिङले बजाएका छन् । रेकडिष्टको भूमिका शिखर जंगश्रेष्ठ (गजरकोटे)ले निर्वाह गरेका छन् ।
खारेमै सुट गरिएको म्यूजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे)ले गरेका छन् । निर्देशक राईसँगै मोडल तथा डान्सर सृजना किराँती, पत्रकार तथा गीतकार शिखर जंगश्रेष्ठ (गजरकोटे) र पर्यटन व्यवसायी लक्ष्मण कार्की लगायतले अभिनय गरेका छन् ।
गंगाराम राईको छायांकन रहेको भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । गीत रेकर्डिङ र भिडियो छायांकनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो ।
रेकर्ड राखेको गीत र भिडियो केही दिनमै टेक नाछिरिङको यूटुव च्यानलबाट सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।
को हुन् किर्तिमानियूवाहरु ?
बुद्धिराज राई गीतकार तथा निर्देशक हुन् । उनले लेखेका केहीदर्जन गीत र निर्देशन गरेका भिडियो यूटुवमा सुन्न हेर्न पाइन्छन् । सोलुखुम्बुको सोताङमा जन्मेका उनी केहीबर्ष वैदेशीक रोजगारीमा रहे । नेपालफर्केपछि होटल व्यवसाय र कलाकारितामा सघर्षरत नामहो । टेक नाछिरिङ पनि सोलुखुम्बुको सोताङमा जन्मेका हुन् ।
उनी गायक हुन् । उनले संगीत गरेका केहीगीत डिजिटल बजारमा हेर्न सुन्न पाइन्छ । टेक निरन्तर संगीत यात्रामै छन् । सोलु सोताङमै जन्मेकी मोडल तथा डान्सर सृजना किराँती नयाँ नाम होईन् । जनयुद्धकाल देखि नाचेरै यहाँ सम्म आएकी छिन् । डिजिटल बजारमा उनी नाचेको प्रशस्त म्यूजिक भिडियो हेर्न पाइन्छ ।
स्याङजाली माया गुरुङ दोहोरी गायिका हुन् । उनी अहिले बसपार्कमा एक दोहोरी साँझ संचालन गर्छिन् । दुई दशक देखि लोक क्षेत्रमा क्रियाशिल गुरुङको पनि डिजिटल बजारमा केही सृजना सुन्न पाईन्छ । तनहुँको घिरिङ गाउँपालिका १ गजरकोटमा जन्मेका शिखर जंगश्रेष्ठ मुलतः पत्रकार हुन् । उनी एक दशक देखि रेडियो पत्रकारितामा सक्रिय छन् ।
हाल उनी सोलुखुम्बुबाट प्रसारित रेडियो हिमाल एफ.एम.का स्टेशन म्यानेजर हुन् भने विभिन्न मिडियासँग सहकार्य गरेर विद्युतीय तथा छापा माध्यममा सक्रिय छन् । श्रेष्ठ गीतकार पनि हुन् । उनले लेखेका करिब तीन दर्जन गीत बजारमा छन् ।
तपाइँको प्रतिक्रीया