काठमाण्डौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको चुनाव गर्ने बताएका छन् ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तह, प्रदेश र सङ्घको चुनाव हुने प्रष्ट पारे ।
आज बुधवार मन्त्रिपरिषद्का् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानमा व्यवस्था भएअनुसार सबै तहको चुनाव समयमै गराउन सरकारले त्यससँग बाझिएका कानुन संशोधनका लागि कानुनविद्हरूसँग छलफल गरिसकेको पनि स्मरण गराए ।
मन्त्री कार्कीले संविधानले परिकल्पना गरेअनुसार नै स्थानीय तहलाई अझ बढी प्रभावकारी बनाउने गरी अघि बढ्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।
तपाइँको प्रतिक्रीया