२०८१ असार ६ बुधबार

२४ घण्टामा थप ८ हजार ४ सय ५४ जनामा सङ्क्रमण पुष्टि

  • २०७८ माघ १२ बुधबार

काठमाण्डौ : नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार चार सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार तीन सय ५९ जनाको नमुना परीक्षण गर्दा आठ हजार चार सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार चार सय ३३ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप पाँच जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।