२०८१ असार ४ सोमबार

बारामा स्कारपियोको ठक्करबाट दुई जनाको मृत्यु

  • २०७८ माघ १३ बिहीबार

वीरगञ्ज : भारतीय नम्बरको गाडीको ठक्करबाट बारामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो।

कलैया(वीरगञ्ज सडक खण्डको कलैया(५ स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।