झापा : ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा झापाबाट एक युवक पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका – २ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका –२ हजरियाका ३८ वर्षीय गंगा मगरलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।
तपाइँको प्रतिक्रीया