२०८१ भाद्र २८ शुक्रबार

सोलुखोला दूधकोसी हाइड्रोको सुरुङ मार्गमा दुर्घटना : एक मजदुर बेपत्ता, एक घाइते

  • २०७८ माघ १३ बिहीबार

सुवास दर्नाल, सोलुखुम्बु : निर्माणधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक कामदार बेपत्ता भएका छन् ।

आज ९बिहिवार० बिहान थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना कामदार हराइरहेको र १ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेको घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको उद्धार गरि उपचारका लागि एम्बुलेन्स मार्फत मिसन अस्पताल ओखलढुंगा पठाइएको छ ।

बिहान ५ बजेको समयमा सुरुङ भित्र पेनस्टक पाइप बिछ्या्उन जानेक्रममा सामाग्री सहित चार जना कामदार चढेको बकेट बीचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ ।

घटनामा अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य निर्माण सामाग्रीहरुका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ ।

सुरुङ मार्ग भित्र मानिसका साथै निर्माण सामाग्रीहरु ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ ।