२०८१ असार ६ बुधबार

अफगानिस्तानमा महिला अधिकारकर्मी बेपत्ता भएको बारे बोल्यो तालिबान

  • २०७८ माघ १३ बिहीबार

काठमाण्डौँ : दुई महिला अधिकारकर्मी बेपत्ता भएको विषयमा तालिबानले आफ्नो भनाइ राखेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा तालिबानले नै महिला अधिकारकर्मीलाई बेपत्ता पारेको आरोपको खण्डन गर्दै तालिबानले आफूले कुनै पनि महिलालाई अपहरण नगरेको प्रष्ट पारेको हो ।

उनीहरु अफगानिस्तानको काबुलबाट गएको हप्ताबेपत्ता भएका थिए ।

अफगानिस्तानका सूचना तथा सांस्कृतिक मामिला मन्त्री जबीहुल्लाह मुजाहिदले महिला हननको आरोप आधारहीन भएको बताउनुभएको बीबीसीले जनाएको छ ।