२०८१ असार ४ सोमबार

जोर विजोर प्रणालीले कोरोना जोखिम कम होला त ?

  • २०७८ माघ १३ बिहीबार

काठमाडौं : जोर, विजोर प्रणाली लागू गरे पनि यसले झन् जोखिम निम्त्याएको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निश्कर्ष निकालेको छ। सवारीसाधनमा भीडभाड बढेपछि जोर विजोर प्रणालीको धेरैले विरोध गरिरहेका छन्।

 तस्बिर : दिपेन श्रेष्ठ

सडकमा सवारी साधनको चाप घटेपनि सवारीभित्र यात्रुको चाप अत्यधिक भएको पाइएको छ। सरकारी तथा निजी कार्यालयहरु खुला हुँदा जोर विजोर प्रणालीले सवारीसाधनमा झन् भीडभाड बढाएको यात्रुहरुले गुनासो गरेका छन्।

उपत्यकाभित्र सवारी साधनमा लागू भएको जोर विजोर प्रणालीबारे थप समीक्षा गर्न भोलि काठमाण्डौँ, भक्तपुर र ललितपुरका तीन वटै सिडिओहररु बैठक बस्दैछन्।