२०८१ असार ६ बुधबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बस्ने

  • २०७८ माघ १३ बिहीबार

काठमाडौं : प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

देउवा सचिवालयका अनुसार शुक्रबार बैठक बस्ने तयारी भएको छ । कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल माध्ययमबाट बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् ।