२०८१ चैत ३ सोमबार

त्रिविको डिन कार्यालयमा नेविसंघले लगायो ताला

  • २०७८ माघ १३ बिहीबार

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत रहेको व्‍यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

त्रिवि व्‍यवस्थापन संकाय अन्तर्गत सम्बन्धन प्राप्त क्याम्पसहरुले छात्रवृत्तिका नाममा विद्यार्थीबाट रकम असुलेको भन्‍दै बिहीबार व्‍यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको हो।

उपत्यकाका अधिकांश क्याम्पसले छात्रवृत्तिको नाममा विद्यार्थीबाट २ लाख देखि ५ लाखसम्म असुली गरेकोप्रति आपत्ति जनाउँदै तालाबन्दी गर्नु परेको नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाले बताए ।