२०८१ असार ४ सोमबार

समयमै चुनाव गराउन देउवालाई राष्ट्रपतिको आग्रह

  • २०७८ माघ १३ बिहीबार

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावनाअनुसार तोकिएकै समयमा चुनाव गर्न सरकारलाई आग्रह गरेकी छिन् ।

आज बिहीवार शीतल निवास पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लोकतन्त्रको विशेषता नै आवधिक चुनाव भएकाले

संविधानको मर्म र भावनाअनुसार स्थानीय तह र अन्य चुनाव गर्न आग्रह गरेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।