२०८१ माघ ६ आइतबार

उदयपुरमा एक जनाको मृत्यु

  • २०७८ माघ १४ शुक्रबार

काठमाण्डौँ : ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

ढिस्को झर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।