२०८१ असार ४ सोमबार

लागू औषधसहित तीनजना पक्राउ

  • २०७८ माघ १४ शुक्रबार

धनगढी : लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ७ को डम्बर चौराहबाट लागू औषधसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षीय रोकी भन्ने राहुल रानामगर र १८ वर्षीय किरोज भन्ने मुस्कान शाही रहेका छन् ।

उनीहरूको साथबाट चार ग्राम ८५० मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको छ भने दोधारा चाँदनी नगरपालिका ७ डम्बर चौराहका प्रेम बडुवालको घरबाट उनीहरूले चोरी गरेको म २ प ५०८१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।