२०८१ असार ६ बुधबार

कोरोनाविरुद्धको खोप अभियानको एक वर्ष : पूर्ण मात्रा खोप लगाउनेको संख्या कति ?

  • २०७८ माघ १४ शुक्रबार

काठमाण्डौ : नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क दिँदै आएको छ ।

२०७७ साल माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । यो एक वर्षमा अहिलेसम्म एक करोड ३७ लाख नागरिकले पूर्ण मात्रा खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा खोप प्रयोग भएको छ ।

एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र पूर्ण खोप लगाउने एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जना छन् ।