२०८१ असार ११ सोमबार

खोटाङको यि ठाउँमा भए एकै रात तोडफोड

  • २०७८ माघ १४ शुक्रबार

खोटाङ : जिल्लाको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको वडा कार्यालय र विधालयमा तोडफोड भएकोे छ।

बिहीबार राती ऐसेलुखर्कको वडा कार्यालय र सोही वडाको भष्मे सिरान टोलमा अवस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तोडफोड भएको ऐसेलुखर्कका वडाध्यक्ष राजेशकुमार राजभण्डारीले जानकारी दिए ।

उनका अनुसार रडले वडा कार्यालयको गेटको चाबी तोडेर भित्र पसेर वडाध्यक्षको कार्यकक्ष, सचिवको कार्यकक्ष र सभाहलमा तोडफोड भएको हो ।

वडाध्यक्ष र सचिवको कार्यकक्षमा भएको एकरएक वटा दराज खोली दुबै दराजको घर्रा तानेर पैसा खोजेको जस्तो देखिएको छ। कागजात असरल्ल बनाईएको छ।

यस्तै, त्रिभुवन माविको कार्यालय छिर्ने ढोका तोडेर प्रधानाध्यापकको कार्यकक्षमा छिरेर ल्यापटप राख्ने बाक्सा फुटाएको पाईएको छ।

विद्यालयको ल्यापटप नलगेको र फोटोकपी गर्ने ठाउँमा छिरेर दराज फोरेर हेरेको देखिएको राजभण्डारीले बताए।

तोडफोडमा संलग्नहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए ।

सांकेतिक तस्विर