२०८१ असार ४ सोमबार

कर्मचारीले मोबाइल चलाउन नपाउने

  • २०७८ माघ १५ शनिवार

काठमाण्डौ :  कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रवार सूचना निकालेर अध्यागमन कार्यालयमा खटिएका अराइभल कक्ष र डिपार्चर कक्षका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न कार्यालयले निर्देशन दिएको छ ।
मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने सूचनामा भनिएको छ ।