काठमाण्डौँ : गायक दुर्गेश थापा जहिले पनि गीत विवादमा छाउने हिसाबले बनाउँछन् ।
गीत विवादित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट र हिट भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै रहँदै आएको छ ।
त्यही मान्यताका साथ उनले नयाँ गीत ‘पैसा’ पनि बनाएका छन् । जुन गीतमा उनले आपत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरेका छन् ।
रक शैलीमा तयार गीतमा उनले ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् ।
गीतमा शब्द संगीत समेत उनकै रहेको छ । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् । भिडियो पनि दुर्गेशले अश्लिल हाउभाउका साथ बनाएका छन् ।
गीत हेर्दा दुर्गेशले विवादमा आउने र चर्चा पाउने उदेश्यले बनाएको सजिलै अनुमान गर्न सकिन्छ ।
यस अगाडि पनि उनले थुप्रै गीत विवादमा ल्याएर हिट बनाएका थिए । यो गीत पनि हिट बनाउन उनले सोही तरिका अप्नानाएका हुन् ।
तपाइँको प्रतिक्रीया