२०८१ माघ ५ शनिवार

सत्ता गठबन्धनको निष्कर्ष : स्थानीय तहको चुनाव जेठभित्र

  • admin २०७८ माघ १५ शनिवार

काठमाडौं : सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् ।

स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।